News
एएफसी यु-२० महिला एसियन कप छ्नौट खेल्न भुटान पुग्यो नेपाल
काठ्माडौं । एएफसी यु-२० महिला एसियन कप छ्नौट प्रतियोगिता खेल्न नेपाली यु-२० महिला फुटबल टोली बिहीबार भुटान पुगेको छ ।
नेपालले भुटानमा छ्नौट प्रतियोगिता खेल्नु अघि केही दिन अभ्यास पनि गर्नेछ । छ्नौट खेलहरु थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा ६ अगस्तदेखी शुरु हुँदैछ ।
समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल ६ अगस्त कै दिन आयोजक भुटानसँग खेल्नेछ । त्यस्तै ८ अगस्तका दिन साउदी अरेबिया र १० अगस्तका दिन बलियो उत्तर कोरियासँग खेल्ने कार्यक्रम छ ।
समुहको शिर्ष स्थान हासिल गर्ने टोली अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यु-२० महिला एसियन कपका लागि सोझै छ्नौट हुनेछ । त्यस्तै उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने तीन टोलीहरुले पनि थाइल्यान्डको टिकट पक्का गर्नेछ ।
Post Comments