News भारतीय फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद जमिल
गोलनेपाल

काठमाडौं (एजेन्सी) । छिमेकी राष्ट्र भारतको राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा खालिद जमिल नियुक्त भएका छन् । अल इण्डिया फुटबल फेडरेशन (एआइएफएफ) ले ४८ वर्षिय जमिललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको कुरा आधिकारिक रुपमा समेत जानकारी गराएको छ ।

भारत कै पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका जमिलले करियरमा पहिलोपटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्ने अवसर पनि भारत कै पाएका छन् । यद्यपि उनले क्लब फुटबलमा धेरै टोलीहरुको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । जसमा भारतका चर्चित क्लबहरु मोहन बगान, इस्ट बंगाल, एजवाल, बैंगलुरु, नर्थ इस्ट युनाइटेड र जमशेदपुर जस्ता क्लबहरु समेत छन् ।

त्यति मात्र नभएर दुई वर्ष अघि नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणतर्फ जमिलले एफसी चितवनसँग जोडिएर काम गर्ने तय भइृसकेको थियो । तर अन्तिम समयमा आएर उनले चितवनसँग आपसी सहमति मै लिग शुरु नहुँदै अलग भएका थिए । जमिल युइएफए प्रो लाइसेन्स प्रशिक्षक समेत हुन् ।

भारतको मुख्य प्रशिक्षकका रुपमा जमिलको पहिलो जिम्मेवारी काफा नेशन्स कप हुनेछ । भारतले ताजिकिस्तान र उज्वेकिस्तानमा २० अगस्तदेखि शुरु हुने दोस्रो काफा नेशन्स कप खेल्ने तय भईसकेको छ । जहाँ भारतले बलियो इरानसहित ताजिकिस्तान र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments