News
रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय फुटसल हुँदै
ललितपुर । लक्की स्टार क्लबको आयोजना तथा आदर्श सौल माध्यमिक विद्यालयको सह–आयोजनामा आउँदो भदौ १० गतेदेखि रातो मच्छिन्द्रनाथ कप ललितपुर जिल्ला व्यापी अन्तर विद्यालय सेभेन ए साईड फुटसल प्रतियोगिता हुने भएको छ ।
ललितपुर जिल्ला भित्रका विद्यालयस्तरीय टोलीहरुले मात्र सहभागिता जनाउने प्रतियोगितामा इच्छुक टोलीहरुका लागि भदौ ६ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५०० र कार्ड डिपोजिट व ापत ५०० शुल्क तोकिएको छ ।
ललितपुर महानगरपालिका वार्ड नम्बर २२ को कार्यालय, बुङमतीको विशेष सहयोग रहने प्रतियोगिताको विजेता, उपविजेता टोली तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि
- सातौँ सिसेःक्पा कप २०८३ : पुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसी च्याम्पियन,