News चौथो ठोरी गोल्डकप असोज १३ देखि सुरु हुने
गोलनेपाल

ठोरी । समाजसेवी स्वर्गीय रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको ठोरी गोल्डकपको चौथो संस्करण असोज १३ गतेबाट सुरु हुने भएको छ । आइतबार सम्पन गोल्डकप आयोजक समितिको बैठकले असोज १३ गते फुलपातीको दिनबाट प्रतियोगिता सुरु गर्ने निर्णय गरेको हो ।

नेपालीहरुको महान पर्व दसैंको अवसर पारेर हरेक दुई वर्षको अन्तर प्रतियोगिता आयोजना हुँदै आएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक समितिका सदस्य पदम श्रेष्ठले जानकारी दिए ।

Post Comments