News एएफसी यु–१७ एसियन कप छनौटतर्फ नेपाल समूह जी मा
गोलनेपाल

काठमाडौं । अर्को बर्ष साउदी अरेबियामा हुने एएफसी यु–१७ एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल समूह जी मा परेको छ । जहाँ नेपालले आयोजक म्यानमारसहित ओमान, अफगानिस्तान र सिरियासँग खेल्नेछ ।

प्रतियोगिता आगामी नोभेम्बर २२ देखि ३० तारीखसम्म म्यानमारको याङ्गोन शहरमा हुनेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली अर्को वर्ष साउदी बरेयिामा हुने एएफसी यु–१७ एसियन कपका लागि छनौट हुनेछ ।

 

Post Comments