News एएफसी यु–१७ महिला एसियन कप छनौट खेल्न नेपाली टोली थाइल्याण्ड जाने
गोलनेपाल

काठमाडौं । अर्को बर्ष चीनमा हुने एएफसी यु–१७ महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपाल समूह एफ मा परेको छ । एएफसीले बिहीबार निलेको ड्र अनुसार नेपाल समूह एफमा परेको हो ।

जहाँ नेपालले आयोजक थाइल्याण्डसँगै तुर्कमेनिस्तानसँग खेल्नेछ । छनौट प्रतियोगिताका खेलहरु आउँदो अक्टुबर १३ देखि १७ तारीखसम्म हुने कार्यक्रम छ ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली अर्को वर्ष चीनमा हुने एएफसी यु–१७ महिला एसियन कपका लागि छनौट हुनेछ ।

 

Post Comments