म्याङलुङ । तेह्रथुम जिल्लाको सदरमुकाम म्याङलुङमा साउन २७ गते देखि भदौ ३ गते सम्म सन्चालन हुने नेत्र गुरागाई स्मृति आमन्त्रित पुरूष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
शुक्रबार आयोजक म्याङलुङ स्पोर्टिङ क्लबले तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बि बि सी तेह्रथुम सहित पूर्वका विभिन्न जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहनेछ ।
प्रत्येक वर्ष कृष्ण जन्म अष्टमी तथा लाखे जात्राको अवसरमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित ट्रफि मेडल र प्रमाण पत्र र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफ मेडल र प्रमाण पत्र प्राप्त गर्ने क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिनुभयो ।
प्रतियोगितामा विभिन्न शिर्षकमा गरी १३ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई उचित पुरस्कार प्रदान गरिने अध्यक्ष मोतेले बताउँनु भयो ।