News इजरायली आक्रमणमा ‘प्यालेस्टिनी पेले’का रुपमा चर्चित सुलेमानको मृत्यु
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अन्तर्राष्ट्रिय फुटबलमा ‘प्यालेस्टिनी पेले’ का रुपमा चर्चित प्यालेस्टिनी खेलाडी सुलेमान ओबिदको इजरायली आक्रमणमा परी निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार युद्धग्रस्त गाजा क्षेत्रमा मानवीय सहायता पर्खेर बसीरहेका ४१ बर्षिय सुलेमान इजरायली सेनाको आक्रमणमा परी मारिएका हुन् । मृत्यु भएका सुलेमानको एक श्रीमती र पाँच सन्तान रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २०२३ सम्म व्यवसायीक क्लब फुटबल समेत खेलेका सुलेमानले प्यालेस्टाइनका लागि भने सन् २०१३ सम्म अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । त्यसक्रममा उनले प्यालेस्टाइनका लागि २४ खेलमा दुई गोल समेत गरेका थिए ।

Post Comments