News
तेह्रथुम जलजले राम नवमी मेला २०८१ को आय व्याय सार्वजनिक
जलजले । तेह्रथुमको फेदाप ३ जलजलेमा २०८१ चैत्र २४ देखि ३० गते सम्म सन्चालन भएको प्रथम ऐतिहासिक राम नवमी मेलाको आय व्याय सार्वजनिक भएको छ ।
आइतबार जलजलेमा आयोजक रामनवमी मेला व्यवस्थापन समितिले पत्रकार सम्मेलन मार्फत १ लाख ६२ हजार मुनाफा सहित मेलाको आय व्याय सार्वजिनक गरेको हो ।
मेला सन्चालनका लागि विभिन्न व्यक्तिहरू तथा संघ संस्थाहरूबाट १३ लाख २३ हजार ४९८ रूपैया सहयोग रकम उठेको थियो ।
उक्त रकमबाट पुरस्कार सहित विभिन्न शिर्षकका सम्पुर्ण खर्च गरी जम्मा ११ लाख ६० हजार ९४७ रूपैया खर्च भएको समितिका अध्यक्ष लोकेन्द्र लिम्बुले बताए
राम नवमी मेला भव्य रूपमा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्णलाइ विशेष धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित १ लाख ६२ हजार ५५१ रूपैया बचत रहेको अध्यक्ष लिम्बुले जानकारी दिए ।
Post Comments
Related News