News कम्बोडियन प्रिमियर लिगमा लाकेनको डेब्यु
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका उदाउँदा मिडफिल्डर लाकेन लिम्बुले यसै वर्ष आवद्ध भएको आफ्नो नयाँ क्लबका ल ागि कम्बोडियन प्रिमियर लिगमा डेब्यु गरेका छन् ।

यसै बर्ष कम्बोडियाको शिर्ष फुटबल लिग खेल्ने क्लब किरीभोङ सोक सेन छे एफसीमा आवद्ध भएका लाकेनले टोलीका लागि पहिलो रोजाई मै रहेर लिगमा डेब्यु गरेका हुन् ।

लिगको आफ्नो पहिलो खेलमा किरिभोङले डाङकोर फुटबल क्लबलाई २–१ ले हराउँदै सिजनमो विजयी शुरुवात गरेको हो । किरिभोङले आफ्नो आगामी खेल १६ अगस्त शनिबारका दिन मोइ कोम्पोङ देवासँग खेल्नेछ ।

 

Post Comments