काठमाडौं । सधैजसो मैदानभित्र फुटबलमा व्यस्त रहने नेपाली राष्ट्रिय फुटबल टोलीका उदाउँदा खेलाडी कृतिष रत्न छुन्जुले अब मैदान बाहिर पनि नयाँ भूमिका निर्वाह गर्ने भएका छन् ।
कृतिषलाई नेपाली शैक्षिक क्षेत्रमा परिचित नेपाल कलेज अफ म्यानेजमेन्टले आफ्नो ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गर्दै उनलाई मैदान बाहिर पनि नयाँ भूमिका र जिम्मेवारी दिने जमर्को गरेको हो ।
मैदान बाहिर पाएको त्यो नौलो जिम्मेवारीका लागि कृतिष पनि उत्साहित छन् । फुटबल मै रमाएको आफूले अब यो नयाँ जिम्मेवारी पाएपछि थप नयाँ कुरा सिक्न, बुझ्न र मनन गर्न सहयोग मिल्ने कृृतिषले बताए ।
साथै, त्यो जिम्मेवारीका लागि कृतिषले नेपाल कलेज अफ म्यानेजमेन्ट परिवारलाई अग्रिम धन्यवाद दिंदै कलेजको भूमिका र कलेजले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानलाई थप प्रवद्र्धन गर्न आफूले सकेको प्रयास गर्ने बताए ।
स्मरण रहोस, कृतिषलाई नेपाल कलेज अफ म्यानेजमेन्टले यही साउन २७ गते मंगलबार आधिकारिक रुपमा आफ्नो ब्रान्ड एम्बेसडरका रुपमा सार्वजनिक गर्दैछ ।