News नवलपरासीमा स्व. बिमल, बनोद स्मृति कप हुँदै
सुरज राना मगर

सुनवल । राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीको आयोजनामा आउँदो भदौ १३ गतेदेखि प्रथम स्व. बिमल, बिनोद स्मृति खुला नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

भूमही स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५०,०५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,०५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments