तेह्रथुमको म्याङलुङमा लाखेजात्राको अवसरमा नेत्र गुरागाइ स्मृती गोल्डकप मंगलबार देखि सुरू भएको छ ।
म्याङलुङ रंगशालामा मंगलबार भव्य उदघाटन सहित प्रतियोगितात्मक उदघाटन खेल सम्पन्न भयो । जसमा आयोजकको तर्फबाट चुटान स्पोर्टीङले विजयी शुरूवात गरेको छ।
चुटान स्पोर्टिङले सागुरीगढी धनकुटालाई २-० गोलले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । आयोजकको जितका लागि सुलभ लिम्बु र अनुप बस्नेतले एक एक गोल गरे ।
१२ टिम सहभागी रहेको प्रतियोगिताको दोस्रो दिन बुधबार प्रि क्वाटर फाइनलका दुइ खेल सन्चालन हुने आयोजकले जानकारी दिएको छ ।
पहिलो खेलमा जिरिखिम्ति युथ क्लब तेह्रथुम र यलम्बर युवा क्लब पॉचथर बिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा छथर गाउँपालिका र नेपाल प्रहरी बिराटनगर रानी भिड्नेछन । प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बि बि सी तेह्रथुम सहित पूर्वका विभिन्न जिल्लाका चर्चित क्लबहरूको सहभागिता रहेको छ ।
प्रत्येक वर्ष कृष्ण जन्म अष्टमी तथा लाखे जात्राको अवसरमा आयोजना हुने प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ सहित ट्रफि मेडल र प्रमाण पत्र र उपविजेताले १ लाख ११ हजार १११ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक म्याङलुङ स्पोर्टिङ क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिए।