News पिएसजीलाई अर्को युरोपियन उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फ्रेन्च चायन्ट तथा युइएफए च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अर्को युरोपियन उपाधि जित्न सफल भएको छ ।

युइएफएद्वारा च्याम्पियन्स लिग र युरोपा लिग विजेता बीच वार्षिक रुपमा गराउँदै आएको प्रतिष्ठित युइएफए सुपर कपको उपाधि पिएसजीले पहिलोपटक जित्न सफल भएको हो ।

इटालीको उडिने शहरमा सम्पन्न उपाधि भिडन्तमा पिएसजीले युरोपा लिग च्याम्पियन टोटेनह्याम हटसपुरलाई पेनाल्टी शुटआउटमा हराउँदै पिएसजी विजयी बन्यो ।

खेल भने रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो । टोटेनह्यामले दुई गोलको स्पष्ट अग्रता अन्तिम समयमा जोगाउन नसक्दा अन्ततः निराश बन्न पुग्यो । खेलको ३९औं मिनटमा मिकी भान डे भेनले टोटेनह्यामका लागि पहिलो गोल गरे भने ४८औं मिनटमा क्रिष्टियन रोमेरोले दोस्रो गोल गरेका थिए ।

यद्यपि खेलको अन्तिमतिर ८५औं मिनटमा लि कांग इनले पिएसजीका लागि पहिलो गोल फर्काए भने इन्जुरी समयमा गोन्कालो रेमोसले दोस्रो गोल गर्दै पिएसजीलाई खेलमा नाटकीय र रोमाञ्चक पूनःरागमन दिलाएका थिए । पेनाल्टी शुटआउटमा भने पिएसजीले ४–३ को जित निकाल्यो ।

 

 

Post Comments