News क्यानडामा नेपाली समुदायहरुबीच नेपाल कप हुँदै
गोलनेपाल

काठमाडौं । नेपालिज पील एफसी र नेपाली जनजाति संघ क्यानाडा (एनजेएसी) को संयुक्त आयोजनामा यही अगस्त २३ र २४ तारीखका दिन क्यानडामा रहेका नेपाली समुदायहरुबीच नेपाल कप फुटबल प्रतियोगिता हुने भएको छ ।

क्यानडाको ओन्टारियो स्थित एन्ड्र्यु म्याकक्यान्डलस पार्कमा हुने प्रतियोगिताको आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको कार्यक्रम संयोजक सुजन गुरुङले बताए ।

क्यानडामा रहेका प्रवासी नेपालीहरुबीच यो एउटा फुटबल प्रतियोगिता मात्र नभई सामुदायिक गर्व र साँस्कृतिक उत्सवका रुपमा रहेको अर्को प्रचार प्रसार संयोजक सोनम गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५००० क्यानडेडियन डलर हात पार्नेछ भने उपविजेताले २५०० क्यानेडियन डलरसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments