News साफ यु–१७ महिला च्याम्पियनसिपः तेसो खेलमा बंगलादेशसँग हार्यो नेपाल
गोलनेपाल

काठमाडौ. । भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपतर्फ नेपालले आफ्नो तेस्रो खेलमा साविक विजेता बंगलादेशससँग हार बेहोरेको छ । आइतबार भएको लिग चरणको आफ्नो तेस्रो खेलमा नेपालले बंगलादेशससँग ०–३ को हार बेहोरेको हो ।

थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बंगलादेशका लागि ४१औं मिनटमा थुनुए मर्माले पहिलो गोल गरीन् । ४५औं मिनटमा सौरभी अकन्दा प्रितीले दोस्रो गोल गर्दा खेलको अन्तिमतिर इन्जुरी समयमा रियाले तेस्रो गोल थप्दै बंगलादेशको सहज जित पक्का गरेकी थिईन् ।

नेपालले अब बुधबार हुने दोस्रो लेगको पहिलो खेलमा बंगलादेशकै सामना गर्नेछ । त्यस्तै सोही दिन भुटान र भारत पनि भिड्ने छन् । स्मरण रहोस, प्रतियोगिता अन्तर्गत आइतबार नै भएको अर्को खेलमा बलियो भारतले आयोजक भुटानमाथि ८–० को एकतर्फी जित हात पारेको थियो ।

आइतबारको नतिजा पश्चात् ३ खेलबाट ९ अंक जोडेको भारत शिर्ष स्थानमा छ । बंगलादेश ६ अंकका साथ दोस्रो स्थानमा रहँदा ३ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै अंकविहीन आयोजक भुटान भने पुछारमा छ । डबल राउण्ड रोबिन लिग पश्चात समूहको शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

 

Post Comments