News क्यानडामा तेस्रो एनसिएल कप हुँदै
गोलनेपाल

काठमाडौं । नेपालिज कम्युनिटी अफ लण्डन (एनसिएल), अन्टोरियो, क्यानडाको आयोजनामा त्यहाँ रहेका प्रवासी नेपालीहरुबीच क्याफेचियोन तेस्रो एनसिएल कप फुटबल प्रतियोगिता हुने भएको छ ।

क्यानडाको लण्डन, अन्टारियो स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा कुल पाँच टोलीहरुले सहभागिता जनाउने आयोजकले जानकारी दियो । त्यसवाहेक युथ र भेट्रान्स फुटबल खेलको पनि आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता अवधभिर फुटबल मात्र नभई दर्शकहरुले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र नेपाली परम्परागत परिकारहरुको स्वाद लिन पाउने समेत आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार “एनसिएल कप आयोजना गर्नुको उद्देश्य शारीरिक गतिविधि र खेल भावनालाई बढावा दिनु मात्र नभई प्रवासमा रहेका नेपाली समुदायहरुबीचको सम्बन्धलाई प्रगाढ पार्नु र नेपाली कला, संस्कृति र सम्पदाको उत्सव मनाउनु पनि हो ।“

अन्टारियो कै परिचित क्याफेचियोनको मुख्य प्रयोजन रहेको प्रतियोगिताको विजेता, उपविजेता तथा विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments