News
एएफसी यु–२३ एसियन कप छनौटमा नेपालको खराब शुरुवात
काठमाडौं । बुधबारदेखि ताजिकिस्तानमा शुरु भएको एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले आफ्नो समूहको पहिलो खेलमै हार बेहोरेको छ ।
छनौट प्रतियोगितातर्फ समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँग ४–० को हार बेहोरेको हो । समूह चरण अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल ६ सेप्टेम्बरका दिन सिरियासँग खेल्नेछ ।
त्यस्तै सोही दिन ताजिकिस्तानले फिलिपिन्सको सामना गर्नेछ । स्मरण रहोस, सिरियाले समूह के कै पहिलो खेलमा बुधबार फिलिपिन्सलाई २–१ ले हराएको थियो ।
समूहको शिर्ष टोली अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपका लागि छनौट हुनेछ । त्यस्तै दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट चार टोलीहरुले पनि साउदी अरेबियाको टिकट पक्का गर्नेछन् ।
Post Comments
Related News