सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१, बनाहामा सम्पन्न प्रथम स्मृति कप 7A साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता–२०८२ उपाधी तिरुपती फुटबल क्लबले जितेको छ ।
बनाहा खेलमैदानमा सम्पन्न फाइनलमा तिरुपतीले जेनिथ युथ क्लबलाई २–० ले हराउँदै उपाधी जित्न सफल भएको हो। तिरुपतिको जितमा दुवै गोल सुजलमान घलेले गरे ।
सुनवल फुटबल क्लब, सुनवल-१, नवलपरासीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको तिरुपतिले उपाधी सहित नगद ३०,०३० रुपैयाँ हात पार्यो भने उपविजेता जेनिथले २०,०२० रुपैयाँ सहित ट्रफी, मेडलमा चित्त बुझायो ।
त्यस्तै बिधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तिरुपतिका सुजलमान घले घोषित भए । त्यस्तै तिरुपती कै रञ्जित मगर उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार मनकामना युवा क्लबका रबी मगरले हात पारे ।
सोही अवसरमा प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सहयोगी, शुभेच्छुक सबैलाई प्रतियोगिताको खेल संयोजक तथा व्यवस्थापक समेत रहेका राजेश श्रेष्ठले धन्यवाद दिए ।