News
भरौल बाल मन्दिर र ज्वालामुखी मावि फाइनलमा
धरान । भरौल बाल मन्दिर, बराहक्षेत्र र ज्वालामुखी मावि, धरान यहाँ जारी एन्फा यु–१४ छात्रा फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
धरान स्थित एन्फा एकेडेमीको खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा भरौल बाल मन्दिरले आदर्श मावि, बराहक्षेत्रलाई १–० ले पराजित गर्यो । भरौलको जितमा प्रनिशा राईले एक मात्र निर्णायक गोल गरीन् । निर्णायक गोलकर्ता प्रनिशा नै प्लेयर अफ दि म्याच बनिन् ।
त्यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा ज्वालामुखीले होलील्याण्ड इन्टरनेशनल स्कुल, धरानलाई समान १–० कै अन्तरले हरायो । ज्वालामुखीको जितमा निशा परियारले एक मात्र गोल गरीन् । टोलीको जितमा नायक बनेकी ज्वालामुखीकी निशा परियार नै प्लेयर अफ दि म्याच बनिन् ।
Post Comments
Related News