काठमाडौं । फिफा विन्डोतर्फ दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न नेपाल आएको बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीले शनिबार सम्पन्न पहिलो खेलमा बराबरी खेलेको छ ।
करिब दुई वर्षको अन्तरालपछि दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय फुटबल म्याचतर्फ नेपाल र बंगलादेश बीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउनुपर्यो ।
एएफस एसियन कप छनौटको तयारीमा समेत रहेका नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आउँदो सेप्टेम्बर ९ तारीख मंगलबारका दिन दशरथ रंगशाला मै हुनेछ ।
स्मरण रहोस, एसियन कप छनौटतर्फ समूह सी मा रहेको बंगलादेशले भारत, सिंगापुर र हङकङसँग खेल्ने कार्यक्रम छ । र, दुई खेल समेत खेलिसकेको छ । उता समूह एफमा रहेको नेपालले लाओस, भियतनाम र मलेसियासँग खेल्ने कार्यक्रम छ । नेपालले पनि समूह चरणतर्फ दुई खेल खेलिसकेको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै