News
एएफसी यु–२३ एसियन कप छनौटः लगातार दोस्रो हारसँगै नेपालको चुनौति समाप्त
काठमाडौं । ताजिकिस्तानमा जारी एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह के मा रहेको नेपालले समूह चरणतर्फको आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ ।
शनिबार भएको समूह चरणतर्फको आफ्नो दोस्रो खेलमा नेपालले सिरियासँग ४–२ को हार बेहोरेको हो । नेपालका लागि निराजन धामी र सुमित श्रेष्ठले गोल गरेका थिए ।
स्मरणीय छ, नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० को हार बेहोरेको थियो । त्यस्तै सिरियाले भने फिलिपिन्समाथि २–१ को जित निकालेको थियो ।
लगातार दोस्रो हारसँगै अंकविहीन नेपाल छनौट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेल ९ सेप्टेम्बरका दिन फिलिपिन्ससँग खेल्नेछ । उता लगातार दोस्रो जित हात पारेको ६ अंक जोडेको सिरिया समूह के को शिर्ष स्थानमा छ र एएफसी यु–२३ एसियन कप छनौटका लागि स्थान सुरक्षित गर्ने संघारमा समेत छ ।
Post Comments
Related News