बुटवल । रुपन्देहीको फुटबलमा छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाएको सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करण यहि माघ १६ गतेदेखि शुरु हुने भएको छ ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा नगरपालिका–१४ बाघधुरा देवीनगरको आयोजनामा हुँदै आइरहेको प्रतियोगिता यस बर्ष शहिद दिवसमा शहिदहरुलाई सम्झिदै शुरु हुने भएको छ ।
आयोजक क्लबको खेलमैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहने खेल संयोजक खिम थापाले बताए । साथै प्रतियोगिताको सबै तयारी पूरा भएको समेत संयोजक थापाले बताए ।
उद्घाटन खेलमा रेसुङ्गा र पक्लिहवा भिड्ने
प्रतियोगिताको उद्घाटन खेलतर्फ माघ १६ गतेका दिन रेसुङ्गा दुर्गानगर एफसी र पक्लिहवा फुटबल क्लब भिड्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । स्थानीय क्लब र खेलाडीहरुलाई नै लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष क्षेत्रीले बताए । साथै उनले प्रतियोगितालाई यसरी नै आउने दिनहरुमा पनि निरन्तरता दिने योजना रहेको बताए ।
कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने