News रुसडिक एफसी सेमिफाइनलमा
गोलनेपाल

इनरुवा । रुसडिक फुटबल क्लब जारी इनरुवा नकआउट च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनलमा रुसडिकले बिराटनगर स्पोर्टस एकेडेमीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

इनरुवा २ स्थित शिक्षा कार्यालय पछाडी रहेको खेलमैदानमा सम्पन्न खेलको नवौं मिनटमै नेपु तामाङको गोलबाट रुसडिकले खेलमा अग्रता लिएको थियो । लगतै १७औं मिनटमा ध्रुव कार्कीले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक अग्रता पनि बन्यो र रुसडिक २–० ले विजयी बन्यो ।

खेलको म्यान अफ द म्याच रुसडिक कै नेपु तामाङ घोषित भए । उनलाई इनरुवा फुटबल क्लबका अध्यक्ष शशि थापा मगरले नगद १ हजार सहित पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत माघ १४ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल कल्चर ग्रीन क्लब र शान्तिनगर फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २० गतेका दिन हुनेछ ।

 

Post Comments