काठमाडौं । सोमबारदेखि शुरु भएको साफ यु–१७ च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ । प्रतियोगितातर्फ समूह ए मा रहेको नेपालले उद्घाटन खेलमा आयोजक श्रीलंकालाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
श्रीलंकाको राजधानी कोलम्बो स्थित कोलम्बो रेसकोर्ष स्टेडियममा भएको खेलमा नेपालका लागि समिर कुमार नायक रहे । नेपालले पहिलो हाफ गोलरहित बराबरी खेले तापनि दोस्रो हाफमा दुवै गोल गर्न सफल भयो ।
खेलको ५४औं मिनटमा समिरले पहिलो गोल गरे भने अन्तिमतिर इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जितमा नायक बने । समिर नै प्लेयर अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै नेपालको सेमिफाइनल प्रवेशको सम्भावना पनि बलियो बनेको छ । समूह चरणतर्फ आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले सेप्टेम्बर १८ तारीखका दिन बंगलादेशसँग खेल्नेछ । समूह बी तर्फ भने चार टोलीहरु भारत, भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल