News तेस्रो चितवन गोल्डकप तत्कालका लागि स्थगित
गोलनेपाल

चितवन । तेस्रो संस्करणको चितवन गोल्डकप फुटबल तत्कालका लागि स्थगित भएको छ । आयोजक भरतपुर फुटबल क्लब बिएफसीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ गतेदेखि देखिएको हुने भनिएको प्रतियोगिता तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम र केही प्राविधिक तयारी समेत नपुगेकोले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । आन्तरिक तयारीमा जुटिरहेको बेला देखिएको प्राविधिक समस्या र देशको पछिल्लो अवस्थाका कारण पूर्वनिर्धारित समयमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको संयोजक धुर्व भुसालले जानकारी दिए ।

Post Comments