News प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल कपमा रोयल र पिएफए अत्तरिया बिजयी
बिकास सिंह महता

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित महेन्द्रनगरको खुलामञ्चमा जारी प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगितामा रोयल गोर्खा महेन्द्रनगर र पिएफए अत्तरीयाले बिजयी सुरुवात गरेको छ।

दोस्रो दिन रोयल गोर्खा महेन्द्रनगर र दोधारा चादनी बिच भएको पहिलो खेलमा रोयल गोर्खाले ९-३ गोलको अन्तरले दोधारा लाई हराएको हो।

दोस्रो खेलमा महेन्द्रनगर युनाइटेड रेड लाई ३-० गोलको अन्तरले हराउदै पिएफए अत्तरीयाले विजय सुरु गरेको हो।

प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल महेन्द्रनगर युनाइटेड बिलिउ र इटाहा चारपाते युवा क्लब बिच दिउँसो १२ बजे हुनेछ भने दिनको दोस्रो खेल दिउँसो १:३० बजे मसुरिया फुटबल एकेडेमी कैलाली र एपिएफ अत्तरीया बिच हुनेछ ।
Post Comments