News फिफा वरियतामा नेपालको स्थान यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतातर्फ पुरुष फिफा वरियतामा नेपालको स्थान यथावत रहेको छ ।

फिफाले सेप्टेम्बर महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल १७६औं स्थानमा यथावत रहेको हो । दक्षिण एसियातर्फ पनि नेपाल तेस्रो स्थानमा कायम छ ।

त्यस्तै एक स्थान तल झर्दै १३४औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । १७१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा कायम छ ।

त्यस्तै १८४औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ चौथो स्थानमा रहँदा १८६औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यस्तै १९७औं स्थानमा रहेको श्रीलंका छैठौं स्थानमा रहँदा दुई स्थान सुधार गर्दै १९९औं स्थानमा उक्लेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।

विश्व वरियताको शिर्ष स्थानमा भने स्पेन छ । दोस्रो स्थानमा फ्रान्स रहँदा विश्व विजेता अर्जेन्टिना भने दुई स्थान तल झर्दै तेस्रो स्थानमा खस्किएको छ ।

Post Comments