News साफ यु–१७ च्याम्पियनसिपः भारत पनि सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं । प्रतियोगिताको बलियो प्रत्याशी मानिएको भारत पनि हाल जारी साफ यु–१७ च्याम्पियनसिपतर्फ समूह बी बाट सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

समूह चरणतर्फको आफ्नो दोस्रो खेलमा भारतले भुटानमाथि १–० को जित निकालेसँगै प्रतियोगिताको अन्तिम चारमा पनि एक खेल अगावै आफ्नो स्थान सुरक्षित गरेको हो ।

स्मरण रहोस, समूह बी बाट सेमिफाइनल पुग्ने दुई टोलीको टुंगो समेत लागेको छ । शुक्रबार नै भएको अर्को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ५–२ ले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरिसकेको छ ।

समूह बी मा समान दुई–दुई खेलबाट ६–६ अंक जोडेका पाकिस्तान र भारत गोलभिन्नताका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन भुटान र माल्दिभ्स क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै समूह चरणबाटै बाहिरिएका छन् ।

अब समूह बी तर्फको अन्तिम दुई खेलहरुमा २२ सेप्टेम्बरका दिन भारतले पाकिस्तानसँग खेल्नेछ भने सोही माल्दिभ्स र भुटान पनि भिड्ने छन् । भारत र पाकिस्तान बीचको खेलको नतिजा समूह बी को समूह विजेता र उपविजेताको टुंगो समेत लाग्नेछ ।

Photo: SAFF

Post Comments