News
नेपालले थ्री नेशन्स महिला फुटबल सिरिज खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले तीन देशहरु सम्मिलित थ्री नेशन्स सिरिज अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता खेल्ने तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको आफ्नो वार्षिक फुटबल कार्यक्रम अनुसार आउँदो नोभेम्बरदेखि हुने थ्री नेशन्स महिला फुटबल प्रतियोगिता खेल्ने तय भएको हो ।
एन्फाका अनुसार प्रतियोगिता आउँदो नोभेम्बेर–डिसेम्बर महिनामा इण्डोनेसियामा हुनेछ । जहाँ नेपालले आयोजक इण्डोनेसियासहित चाइनिज ताइपेईसँग खेल्नेछ । नेपालले २६ नोभेम्बरका दिन इण्डोनेसिया र २ डिसेम्बरका दिन चाइनिज ताइपेईसँग खेल्ने कार्यक्रम तय भएको छ ।
खेलतालिकाः
नोभेम्बर २६ः इण्डोनेसिया विरुद्ध नेपाल
नोभेम्बर २९ः इण्डोनेसिया विरुद्ध चाइनिज ताइपेई
डिसेम्बर २ः नेपाल विरुद्ध चाइनिज ताइपेई
Post Comments