बुटवल । यहाँ जारी जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
एन्फा टेक्निकल सेन्टर, बुटवलको मैदानमा भएको पहिलो क्वाटरफाइनलतर्फ बुटवल ११ ले बुटवल १ माथि ६–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । खेलमा बुटवल ११ का यम बुचा म्यान अफ दि म्याच बने ।
त्यस्तै दोस्रो क्वाटरफाइनलतर्फ बुटवल ६ ले बुटवल १३ लाई २–१ को अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा बुटवल ६ का हिमाल गौचन म्यान अफ दि म्याच बने ।
त्यसैगरी बुधबार नै बिहान थप एक प्रिक्वाटरफाइनल खेल सम्पन्न भयो । जसमा बुटवल ४ ले बुटवल ९ माथि ८–१ को फराकिलो जित निकाल्यो । खेलमा बुटवल ४ का अशोक सेन म्यान अफ दि म्याच बने ।
प्रतियोगिता अन्तर्गत असोज ८ गते बुधबार नै ३ बजेदेखि बाँकी दुई क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक रमेश जोशीले जानकारी दिए ।
जी ट्वान्टी फाईभ क्लब, बुटवल–११, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए । फाइनल खेल भने असोज १० गतेका दिन हुनेछ ।