News आयोजक होक्से च्यालेञ्ज कपको फाइनलमा
रमेश समदर्शी

झापा । भद्रपुरको हिमाली युनाइटेड क्लबलाई पराजित गर्दै आयोजक होक्से युवा क्लब झापाको बुद्धशान्ति १ मा जारी तेस्रो होक्से च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

स्थानीय त्रिभुवन माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा २-१ गोलअन्तरले भद्रपुरलाई पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो ।

आयोजकका लागि दुवै गोल श्याम मुर्मूले गरेका हुन् । १-० गोलले पछि परेको नतिजालाई उल्टाउँदै आयोजकले बाजी मारेको हो । खेलको २ मिनेटमै प्रदिप बुढाथोकीले गोल गरेर भद्रपुरले अग्रता बनाएको थियो ।

तर, अग्रता जोगाउन नसक्दा भद्रपुर सेमिफाइनलबाटै बाहिरियो । दुई गोल गरेका श्याम मुर्मू प्लेयर अफ दी म्याच बने । उनले नगद एक हजार पाँच सय प्राप्त गरे ।

Post Comments