News
साफ यु–१७ च्याम्पियनसिपः बंगलादेश फाइनलमा
काठमाडौं । गत संस्करणको उपविजेता समेत रहेको बंगलादेश जारी साफ यु–१७ च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको हो ।
कोलम्बो रेसकोर्ष स्टेडियममा भएको खेलमा बंगलादेशका लागि खेल शुरु भएको तेस्रो मिनट मै नजमुल हुडा फैसलले पहिलो गोल गरेका थिए । लगतै चौथो मिनटमा मोहमद ओपु रहमानले बंगलादेशका लागि दोस्रो गोल गरे । जुन दुई गोल नै खेलको निर्णायक नतिजा बन्यो ।
बंगलादेशले अब बिहीबार राती नै हुने दोस्रो सेमिफाइनलतर्फ साविक विजेता भारत र नेपालबीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल भने २७ सेप्टेम्बरका दिन हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल