News सेमिफाइनलमा नेपाललाई भारत बन्यो बाधक
गोलनेपाल

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपतर्फ दक्षिण एसियाली फुटबलका दुई परस्पर प्रतिद्वन्द्वी नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेलमा भारत विजयी बनेको छ ।

बिहीबार कोलम्बो रेसकोर्ष स्टेडियममा भएको दोस्रो सेमिफाइनलभा साविक विजेता समेत रहेको भारतले नेपाललाई ३–० ले हरायो । पहिलो हाफ नेपालले राम्रो प्रदर्शन गर्दै गोलरहित बराबरी खेले तापनि दोस्रो हाफको अन्तिमतिर तीन गोल खान पुग्यो ।

भारतले अब २७ सेप्टेम्बर शनिबारका दिन हुने फाइनलमा गत संस्करण कै उपविजेता बंगलादेशको सामना गर्नेछ । बंगलादेशले बिहीबार नै भएको पहिलो सेमिफाइनलमा पाकिस्तानलाई २–० ले हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

Post Comments