News १५औं रनिङ चाँदी कपः संघर्ष र पुनर्वासलाई सफलता
गोलनेपाल

पुनर्वास । संघर्ष स्पोर्टस क्लब, अत्तरिया र पुनर्वास–३ रातो यहाँ जारी १५औं रनिङ चाँदी कप नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

दिनको पहिलो खेलमा संघर्षले अमरज्योति युवा क्लबलाई १–० को अन्तरले हरायो । संघर्षको जितमा पासाङ लामाले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै अर्को खेलमा पुनर्वास रातोले लालझाडी–११ माथि ४–२ को जित निकाल्यो । पुनर्वास रातोका लागि सुशिल तामाङले ह्याट्रिक गर्दा थप एक गोल सुदिप तामाङले गरे । उता पराजित लालझाडीका लागि भने नबिन चौधरी र हरिष बडेलाले एक–एक गोल गरेका थिए ।

सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल भने असोज २७ गतेका दिन हुनेछ ।

Post Comments