News
अन्जिलाले फेरि भारतको शिर्ष लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी नियमित सदस्य तथा अनुभवी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले फेरि भारतको शिर्ष महिला लिग खेल्ने भएकी छिन् ।
अन्जिलालाई उनकै पूर्व क्लब सेथु एफसीले नयाँ सिजनका लागि अनुवन्ध गरेको हो । स्मरण रहोस, अन्जिलाले सेथुका लागि सन् २०२३–२४ को सिजनमा पनि खेलेकी थिईन् । नयाँ आई लिग सिजन आउँदो नोभेम्बरदेखि शुरु हुँदैछ ।
सेथुमा आवद्ध हुनु अघि अन्जिलाले आफ्नै पुरानो क्लब एपिएफमा आवद्ध रहेर हालै एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता पनि खेलेकी थिईन् ।
त्यसअघि गत सिजन उनले ग्रीसको शिर्ष लिग खेल्ने क्लब निस अट्रो मिटौका लागि पनि खेलेकी थिईन् । त्यसो त, अन्जिला फेरि पनि युरोपियन क्लबमै व्यवसायिक फुटबल खेल्ने योजनामा रहेको समेत बताइएको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल