News ओमान र कतारको बराबरी, साउदीको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्को वर्ष हुने फिफा विश्वकपको चौथो चरणको एसियाली छनौट प्रतियोगिता शुरु भएको छ । छनौट प्रतियोगितातर्फ ओमान र कतारले बराबरी खेल्दै हेभिवेट साउदी अरेबियाले विजयी शुरुवात गर्यो ।

समूह ए तर्फ आयोजक कतारले ओमानसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । त्यस्तै समूह बी तर्फ आयोजक साउदीले इण्डोनेसियामाथि ३–२ को जित निकाल्दै विजयी शुरुवात गर्यो ।

चौथो चरणको छनौट प्रतियोगितामा एसियाका ६ टोलीहरु सहभागि छन् । समूह ए मा आयोजक कतारसँगै युएई र ओमान रहेका छन् भने समूह बी मा आयोजक साउदी अरेबियासँगै इराक र इण्डोनेसिया रहेका छन् ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने चौथो चरणको छनौट प्रतियोगितातर्फ समूहको शिर्ष टोली अर्को वर्ष हुने फिफा विश्वकपका लागि छनौट हुनेछ भने दोस्रो स्थानमा रहने टोलीले पाँचौ चरणको छनौट खेल खेल्नेछ । पुछारमा रहने टोली भने बाहिरिनेछ ।

Post Comments