News भियतनामसँग निराश नेपाल
गोलनेपाल

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले घरमै रहेको रंगशालालाई अन्तर्राष्ट्रिय म्याच खेल्न अयोग्य रहेको ठहर गरेपछि एएफसी एसियन कप छनौटर्फ आफ्नो होम एण्ड अवे म्याच खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भियतनामसँगको पहिलो खेलमा हार बेहोरेको छ ।

राजधानी हो ची मिन्ह सिटीको गो दाउ स्टेडियममा बिहीबार भएको खेलमा भियतनामसँग नेपालले ३–१ को हार बेहोरेको हो । पहिलो हाफसम्म सनिष श्रेष्ठको सुन्दर हेड गोलसँगै १–१ को बराबरी खेलेको नेपालले पहिलो हाफ कै इन्जुरी समयमा दश खेलाडीमा खुीम्चन बाध्य हुनुपर्यो ।

बक्स नजिकै लाकेन लिम्बुले भियतनामका खेलाडीलाई फल गरेपछि रेफ्रीले उनराई रातो कार्ड देखाएका थिए । जसको प्रत्यक्ष असर दोस्रो हाफमा देखियो । दोस्रो हाफ शुरु भए लगतै दबाबमा खेलेको नेपालले थप दुई गोल खान पुग्यो । यो हारसँगै नेपालले भियतनामसँगको महत्वपूर्ण अंक खोस्ने अवसर पनि गुमाएको छ ।

नेपालले अब आफ्नो घरेलु म्याचका रुपमा भियतनामसँगै १४ अक्टोबरका दिन दोस्रो खेल खेल्नेछ । जुन खेल पनि हो ची मिन्ह सिटी स्थित थोङ न्हाट स्टेडियममा हुनेछ । बिहीबारको नतिजापछि ३ खेलबाट ६ अंक जोडेको भियतनाम समूह एफको दोस्रो स्थानमा छ । अंकविहीन नेपाल भने पुछारमा छ । शिर्ष स्थानमा तत्कालका लागि ९ अंक जोडेको मलेसिया रहँदा ३ अंकसहित लाओस तेस्रो स्थानमा छ ।

 

Post Comments