News १५औं रनिङ चाँदी कपः अरनिको (रातो) र प्यारातालको जित
गोलनेपाल

पुनर्वास । अरनिको युवा क्लब (रातो) र प्याराताल युवा क्लबले यहाँ जारी १५औं रनिङ चाँदी कप खुला नकआउट फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा अरनिकोले पुनर्वास (रातो) लाई २–० ले पराजित गर्यो । अरनिकोको जितमा अमृत थापा र भुपेन्द्र शाहीले गोल गरे । खेलमा अरनिकोका अमृत थापा प्लेयर अफ दि म्याच चुनिए । यो जितसँगै अरनिको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

अर्को खेलमा प्यारातालले बिरेन्द्र युवा क्लब (बी) लाई ७–० को फराकिलो अन्तरले हरायो । प्यारातालको जितमा बिपिन थापा मगर एक्लैले चार गोल गरे । धर्वेन्द्र कुँवर, एलेक्स राना र हृयन्द्र सिंहले समान एक–एक गोल गरे । खेलमा प्यारातालका विपिन थापा प्लेयर अफ दि म्याच बने । जित हात पारेको प्याराताल भने क्वाटरफाइनलमा प्रवेश गर्यो ।

सिद्धार्थ युवा क्लब, पुनर्वास नगरपालिका–७, कञ्चनपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २२ हजारका साथ ६४ तोलाको आकर्षक चाँदीको ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

 

Post Comments