News श्री त्रीशुल युवा क्लब ठोरी गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

ठोरी । पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा न. चार विजयबस्तिमा जारी स्वर्गीय राम बहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्ड कप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न प्रि क्वाटरफाइनल खेलमा बारा युनाईटेड फत्तेपुर र श्री त्रीशुल युवा ल्कब बकुलियाबिच रोमान्चक प्रतिस्पर्धा भएको थियो।

निर्धारित समय गोल रहित रोमान्चक बराबरीमा टुङ्गिएको उक्त खेल पेनाल्टीमार्फत नतिजा निकालिएको थियो। पेनाल्टी सुट आउटमा बारा युनाईटेड फत्तेपुर लाई तिनका विरुद्ध चार गोलले हराउदै श्री त्रीशुल युवा क्लब बकुलिया क्वाटर फाइनलमा प्रवेश गरेको छ।

दुबै टोलीबाट कुल छ/छ पेनाल्टी प्रहार हुदा बारा युनाईटेडको तिन र त्रिशुल युवा ल्कबको दुई प्रहार बाहिरिन पुगेको थियो। उक्त खेलको म्यान अफ दी म्याच त्रिशुल युवा क्लबका राम अजोध्य चौधरी बन्दै दुई हजार पाँच सयको साथमा ट्रफी प्राप्त गरे।

शुक्रबार ठोरी युथ समाज ठोरी र पर्सागढि वाई.एस.सी बढ्हानिर बिच दिनको ठिक तिन बजे खेल सुरु हुनेछ।

Post Comments