News फिफा यु–२० विश्वकपः सेमिफाइनल पुग्ने चार टोलीहरुको टुंगो लाग्यो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र चिलीमा जारी फिफा यु–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने चार टोलीहरुको टुंगो लागेको छ । जसमा सर्वाधिक ६ पल्टको विजेता अर्जेन्टिनासँगै पूर्व विजेता फ्रान्स, मोरक्को र कोलम्बिया रहेका छन् ।

पहिलो क्वाटरफाइनलमा कोलम्बियाले दावेदारका रुपमा हेरिएको स्पेनलाई ३–२ ले हराएको थियो भने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले मेक्सिकोमाथि २–० को जित दर्ता गरेको थियो ।

त्यस्तै तेस्रो क्वाटरफाइनलमा मोरक्कोले उत्कृष्ट लयमा देखिएको अमेरिकामाथि ३–१ को सनसनीपूर्ण जित निकाल्यो भने फ्रान्सले नर्वेलाई २–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

अब १५ अक्टुबरका दिन दुई सेमिफाइनलतर्फ पहिलो सेमिफाइनलमा मोरक्को र फ्रान्स भिड्ने छन् भने सोही दिन अर्जेन्टिनाले अर्को दक्षिण अमेरिकी टोली कोलम्बियाको सामना गर्नेछ ।

Post Comments