News पूर्वेली भेट्रान्स र आयोजक झिलझिले भेट्रान्स फाइनलमा भिड्ने
गोलनेपाल

झापा, झिलझिले । स्वर्गीय पवन राई स्मृति तेस्रो अन्तर प्रदेश नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको छैटौँ दिनको सेमीफाइनल खेल आयोजक झिलझिले भेट्रान्स क्लब र ढल्के जोवन भेट्रान्स क्लब उर्लाबारी बीच भएको खेलमा आयोजक ले १-० को छोटो अन्तरले उलाबारीको ढल्के जोवन भेट्रान्स हराउँदै फाइनलको यात्रा गर्न सफल भएको छ।

पहिलो हाफको खेलको एकमात्र गोल भने विशाल राईले गरेका थिए। खेलको म्यान अफ दि म्याच आयोजक टिमका रक्षापन्तीका खेलाडी प्रेम लिम्बु घोषित भएका छन्।

Post Comments