पेनाङ (मलेसिया) — मलेसियाको पेनाङमा पहिलो पटक आयोजना हुन लागेको प्रथम एनएफए कप फुटबल प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएका छन्।
यो प्रतियोगिता नेप्लिज फुटबल एशोसिएसन मलेसिया (NFA Malaysia) द्वारा आयोजना गरिएको हो भने सह–आयोजक एन पेनाङ एफसी (N Penang FC) रहेको छ।
आयोजक समितिका अनुसार प्रतियोगिता आगामी अक्टोबर १८ र १९ तारिक दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको बिजेताले २० हजार मलेसियन रिङ्गेट पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १० हजार मलेसियन रिङ्गेट पाउनेछन्।
यस प्रतियोगितामा मलेसियाका विभिन्न सहरमा रहेका उत्कृष्ट १४ फुटबल टिमले सहभागिता जनाउने भएका छन्। आयोजकले खेलका सबै प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ।
सह आयोजक एन पेनाङ एफसी मलेसियाका प्रतिनिधिहरूका अनुसार, मलेसियामा रहेका नेपालीबीच एकता, मित्रता र खेलभावना प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।