News मोरक्कोलाई पहिलोपटक फिफा यु–२० विश्वकपको उपाधि
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र चिलीमा सम्पन्न २४औं संस्करणको फिफा यु–२० विश्वकपको उपाधि पहिलोपटक अफ्रिकी राष्ट्र मोरक्कोले जितेको छ ।

फाइनलमा मोरक्कोले उपाधिको दावेदार मानिएको सर्वाधिक ६ पल्टको विजेता अर्जेन्टिनालाई २–० ले हराउँदै ऐतिहासिक उपाधि उचाल्न सफल भएको हो ।

मोरक्कोको जितमा मोहम्मद जाबिन नायक रहे । खेलको १२ र २९औं मिनटमा मोहम्मद जाबिनले गरेको दुई गोल नै फाइनल खेलको निर्णायक नतिजा र गोल बन्यो ।

त्यस्तै कोलम्बियाले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले फ्रान्समाथि १–० को जित निकाल्दै तेस्रो स्थान हासिल गर्न सफल भयो ।

 

Post Comments