News
जापान थर्ड आईलाई स्व. साइमन योञ्जन स्मृति कपको उपाधि
मकवानपुर । गत वर्ष सिस्नेरीमा गएको पहिरोमा परी निधन भएका एन्फा एकेडेमी मकवानपुरका खेलाडी साइमन योञ्जनको स्मृतिमा आयोजित स्व.साइमन योञ्जन कप फुटसल प्रतियोगिताको उपाधि जापान थर्ड आईले जितेको छ ।
मकवानपुरगढी–३ स्थित मिनी फुटसल मैदानमा सम्पन्न फाइनलमा जापान थर्ड आईले फुटसल फ्याम्स, चितवनलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले हराउँदै उपाधि हात पारेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने जापान थर्ड आई विजयी बन्यो ।
मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको प्रतियोगिताको विजेता बनेको जापान थर्ड आईले उपाधिसहित नगद १ लाख रुपैयाँ हात पार्दा उपविजेता फुटसल फ्याम्स चितवनले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
Post Comments