काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वरिष्ठ उपाध्यक्ष बिरबहादुर खड्काले महासचिव किरण राईलाई स्पष्टीकरण माग्दै निलम्बन गरेको भन्ने समाचारहरू असत्य भएको भन्दै स्पष्टीकरण दिएको छ ।
यही कार्तिक २ गते जारी प्रेस विज्ञप्तिमा एन्फाले उक्त सम्बन्धमा संघको सचिवालयमा कुनै पनि आधिकारिक जानकारी नआएको जनाउँदै, सञ्चारमाध्यममा सार्वजनिक भएका पत्रहरू एन्फाको कार्यालयबाट जारी नभएको स्पष्ट गरेको हो । एन्फाका अनुसार ती पत्रहरूमा दर्ता, चलानी र संस्थाको छाप नभएकोले ती आधिकारिक नठहरिने बताएको छ ।
एन्फाले संघको कानुनी व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षलाई यस्ता निर्णय गर्ने अधिकार नभएको समेत स्पष्ट पारेको छ । एन्फाले सम्पूर्ण सदस्य संस्था, फुटबलप्रेमी र शुभेच्छुकहरूलाई असत्य समाचारको भ्रममा नपर्न आग्रह गर्दै निकट भविष्यमै थप जानकारी दिने बताएको छ ।
के एन्फाको लेटरहेड दुरुपयोग भएकै हो त?
यहाँ अर्को प्रश्न उठछ, एन्फाका कार्यवाहक अध्यक्ष खड्कालाई अधिकार थिएन भने उनले कसरी र कुन अधिकारले एन्फाको लेटरहेट, स्ट्याम्प प्रयोग गरेर पत्र तयार गरे? विधानले नै नदिएको अधिकार खड्काले कसरी प्रयोग गरे?
हो, यदि हटाउने निर्णय हो भने त्यो कार्यसमितिले गर्ने होला तर व्यक्ति विशेषले यसरी पदिय दुरुपयोग गर्दा कारवाहीको भागीदार बन्ने कि नबन्ने? भन्ने कुरा समेत गम्भिर प्रश्न बनेको हो ।
खैर यी सब घट्नाक्रमबारे र यसको नतिजा आउने दिनले नै देखाउला । प्रतिक्षा गरौं ।
बिर बहादुर खड्काले निकालेको विज्ञप्ती

एन्फाले निकालेको विज्ञप्ती

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान