News राष्ट्रिय जागृति क्लबको अध्यक्षमा कार्की सर्वसम्मत
गोलनेपाल

इटहरी । पुर्वी नेपालकै पुरानो तथा प्रतिष्ठित क्लब मध्ये एक श्री राष्ट्रिय जागृति क्लब इटहरीको अध्यक्षमा केशव कार्की सर्वसम्मत चयन भएका छन् । फुटबल मै लामो समयदेखि सक्रिय कार्कीले यसअघि सुनसरी जिल्ला फुटबल संघको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

त्यस्तै क्लबको उपाध्यक्षमा फुटबल अभियन्ता तथा अनुभवी प्रशिक्षकका रुपमा परिचित श्याम मानन्धर चयन भएका छन् भने सचिवमा कोशी प्रदेश फुटबल संघका सदस्य समेत रहेका अनुरोध थापा चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्ष र सह–सचिवमा क्रमशः बुद्ध तामाङ र नारायण ढुङ्गाना रहेका छन् भने सदस्यहरुमा कोबिद जंग कार्की, रबिन गौतम, विकास निरौला, मन्दिप भट्टराई, दिपेन राई, प्रकाश कोइराला, विजय के.सी, विक्रम घिमिरे, पुर्ण राई, निशान खेडिया, विदुर ढकाल र राज कुमार कार्की रहेका छन् ।

स्मरण रहोस, राष्ट्रिय जागृति क्लबले विभिन्न फुटबल गतिविधीहरुमा सक्रिय सहभागि हुनुका साथै वार्षिक रुपमा प्रतिष्ठित इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता समेत आयोजना गर्दै आईरहेको छ ।

 

Post Comments