News इलाम जमुनाः कागे च्यारिटी फुटबलको सेमिफाइनल समिकरण पूरा
गोलनेपाल

सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जमुना फुटबल क्लबको आयोजनामा सन्चालित कागे च्यारिटि पुरूष फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

मंगलबार हुने पहिलो सेमिफाइनलमा हॉगेथाम एफसी र आर आर सी प्याङ र दोस्रो सेमिफाइनलमा एफसी रियले र टोडके झरना भिड्नेछन ।

सोमबार गजाधर धनमाया स्मृती रंगशालाको 7 A Side मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा दुवाखोला एफसीलाई २-० गोलले पराजित गर्दै हॉगेथाम एफसी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

दोस्रो क्वाटरफाइनलमा सुसन एफसीलाई २-० गोलले पराजित गर्दै एफसी रियले ले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

त्यस्तै तेस्रो क्वाटरफाइनलमा आर आर सी प्याङले सन्दकपूर खेल संघलाई ३-० ले पराजित गर्यो भने अन्तिम क्वाटरफाइनलमा टोडके झरनाले माबु युनाइटेडलाई २-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले ५० हजार सहित ट्रफि र उपविजेताले ३० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।

Post Comments