News एन पेनाङ एफसीलाई प्रथम एनएफए कप फुटबलको उपाधि
बिक्रम बानियाँ क्षेत्री

पेनाङ (मलेसिया) । मलेसियाको पेनाङमा सम्पन्न प्रथम एनएफए कप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले हात पारेको छ।

पेनाङस्थित परमान्ताङ रावा रंगशालामा आइतबार भएको फाइनल खेलमा एन पेनाङ एफसीले टेस्को एफसीलाई ३–० को स्पष्ट अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

पेनाङको जितमा बिकास बस्नेत ‘बोक्सी’, सनिल लामा र रोशन भुजेले गोल गरेका थिए।

बिजेता टोली एन पेनाङ एफसीले मलेसियन रिङ्गेट २० हजार पुरस्कार स्वरूप प्राप्त गर्यो भने उपबिजेता टेस्को एफसीले १० हजार रिङ्गेटमा सीमित रह्यो।

प्रतियोगिताका टप स्कोरर सेनाई एफसीका सोनाम माझी बने, उनले मलेसियन रिङ्गेट ३०० सहित ट्रफी प्राप्त गरे।

त्यसैगरी, उत्कृष्ट गोलकिपर एन पेनाङ एफसीका मनोज घिसिङ घोषित भए, उनले पनि मलेसियन रिङ्गेट ३०० सहित ट्रफी पाए।

त्यस्तै, उत्कृष्ट डिफेन्डर एन पेनाङ एफसीका योगेश राई बने, उनले पनि नगद ३०० रिङ्गेटसहित ट्रफी प्राप्त गरे।

Post Comments