News
इरानसँग घरमै स्तब्ध बन्यो भारत
काठमाडौं ।भारतको शिलोङमा शुरु भएको तीन देशीय अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल सिरिजको पहिलो खेलमा घरेलु टोली भारत आफूभन्दा तल्लो वरियताको इरानसँग पराजित हुन पुगेको छ ।
शिलोङ स्थित जवाहरलाल नेहर स्टेडियममा भएको पहिलो खेलमा ७०औं वरियताको इरानले ६३औं वरियताको घरेलु टोली भारतमाथि २–० को जित निकालेको हो । इरानको जितमा खेलको ६४ र ७४औं मिनटमा सारा दिदारले दुवै गोल गरिन् ।
इरानले अब आफ्नो दोस्रो खेलका रुपमा अक्टोबर २४ तारीख (कार्तिक ७ गते) शुक्रबारका दिन नेपालसँग खेल्नेछ । त्यस्तै भारतले २७ अक्टोबर (कार्तिक १० गते) सोमबारका दिन नेपालसँग खेल्ने कार्यक्रम रहेको छ ।
Post Comments